समाजबालकलाई बोन म्यारो क्यान्सर, सहयोगको अपील

बालकलाई बोन म्यारो क्यान्सर, सहयोगको अपील

हेटौँडा |  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ८ वर्षीय पियुष तामाङलाई बोनम्यारो क्यान्सर भएको छ।  प्रारम्भिक चेकजाँचका लागि काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार गराउँदा पनि रोगको पहिचान हुन नसकेपछि दिल्लीमा थप जाँच गराइएपछि क्यान्सर रोग लागेको पत्ता लागेको लाल बहादुर थिङ तामाङ (लाले)ले जानकारी दिए । चिकित्सकहरूका अनुसार, बालकको बोन म्यारो ट्रान्सप्लान्ट गर्न सकिए ९० प्रतिशत सम्भावनामा रोग निको हुने आशा गरिएको छ।

हालसम्म चेकजाँच र उपचारमा करिब ४ लाख रुपैयाँ खर्च भइसकेको र बोन म्यारो ट्रान्सप्लान्टका लागि थप २८ देखि ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। बाबुको मासिक ३० हजार रुपैयाँको आम्दानीले परिवार धान्ने अवस्थामा यो रकम जुटाउन असम्भव भएको हुँदा परिवारले आर्थिक सहयोगको अपील गरेका छन्।

बालकको जीवन बचाउन सहयोग गर्न इच्छुक व्यक्तिहरूले तलको बैंक खाता नम्बरमा रकम जम्मा गर्न वा सिधै सम्पर्क गर्न सकिनेछ।

बैंक खाता विवरण:

  • बैंक: राष्ट्रिय वाणिज्य बैंक
  • खाता नम्बर: 1050100000017104
  • खातावाल: लाल बहादुर तामाङ
  • सम्पर्क नम्बर: लाल बहादुर (लाले) – 9841943434
  • सम्पर्क: रोशनी लामा – 9845217035

बालकको स्वास्थ्य पुन:स्थापनाका लागि सबैको सहयोगको अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img