समाजसुन्दरहरैँचामा पाँच छोरीहरूले यसरी गरे बाबुको काजकिरिया

सुन्दरहरैँचामा पाँच छोरीहरूले यसरी गरे बाबुको काजकिरिया

मोरङ । मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँच जना छोरीहरू र मृतककी श्रीमती टीका दशगात्र किरियामा बसेका छन् ।

शाहीको कात्तिक ६ निधन भएको थियो । शाहीका पाँच छोरीहरू छन् । परम्परागत हिन्दु संस्कारअनुसार परिवारका छोरा वा पुरुष सदस्यले मात्र किरिया बस्ने चलन छ । तर, शाहीका पाँचै जना छोरीहरूले मिलेर आफ्ना पितालाई दागबत्ती दिए ।मृतक शाहीको इच्छाअनुसार नै छोरीहरूले दागबत्ती दिएर काजकिरिया गरेको टीकाले बताइन्।

“बुवाले किरिया गर्ने कोही नखोज्नु आफै गर्नु भन्नुभएको थियो, त्यसैले बुबाको अन्तिम इच्छा पूरा गरिदिएका हौँ, छोरी जेनिसाले भनिन ।जेनिसासँगै जस्मीन, कृष्टिना, कसिस र प्रेरणा किरियापुत्रीको रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img