समाजनेपाल संवत् ११४५ प्रारम्भ: नेवार समुदायले नयाँ वर्षको उत्सव धुमधामले मनाइँदै

नेपाल संवत् ११४५ प्रारम्भ: नेवार समुदायले नयाँ वर्षको उत्सव धुमधामले मनाइँदै

काठमाडौं | नेपाल संवत् ११४५ को प्रारम्भसँगै नेवार समुदायले देशभर नयाँ वर्षका कार्यक्रमहरू धुमधामसँग मनाइरहेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले इ.सं. ८८० मा गरिब जनताको ऋण मोचन गर्दै नेपाल संवत्को शुरुवात गरेका थिए, जसलाई नेवार समुदायले विशेष दिनका रूपमा मनाउँदै आएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले भने अनुसार, यो मौलिक संवत् लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि चल्दै आएको हो। “नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्का रूपमा मान्यता पाएको थियो,” उनले थपे।

वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु भयो। काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, र दोलखा भीमेश्वरजस्ता नेवार बाहुल्य क्षेत्रमा आज विविध कार्यक्रमहरू आयोजना गर्दै यो दिन विशेष उत्सवका साथ मनाइन्छ।

सामाजिक सेवामा योगदान दिएबापत साख्वालाई २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता खोल्ने परम्परा आज पनि नेवार समुदायले पालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img