Thursday, December 5, 2024
समाजचलचित्र ‘अग्निदहन’ प्रचारमा तिव्रता, मंसिर ७ देखि हलमा

चलचित्र ‘अग्निदहन’ प्रचारमा तिव्रता, मंसिर ७ देखि हलमा

हेटौँडा | आगामी मंसिर ७ गतेदेखि हलमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘अग्निदहन’ को निर्माण टिम यतिखेर प्रचारमा सक्रिय छ। मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान प्रस्तुतिमा छायांकन गरिएको यो फिल्म लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित छ।

सोमबार, चलचित्र पत्रकार संघ नेपाल मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा कोविदशरण उपाध्यायको प्रस्तुती रहेको चलचित्र हेटौंडाको कमाने र पोखराको विभिन्न स्थानमा छाँयाकन गरिएको चलचित्रका संरक्षक मोहनराज शर्मा पौडेलले बताए । एक करोड भन्दा बढी लगानीमा निर्माण भएको चलचित्र नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी र मैथिली भाषामा तयार पारिएको पौडेलले बताए ।

सामाजिक जागरणको उद्देश्यले निर्माण गरिएको यो सिनेमा देशभरका ५०० भन्दा बढी स्थानमा प्रदर्शन गरिएको छ। सिनेमालाई भोजपुरी र मैथली भाषामा डब गरिएको छ भने छिट्टै हिन्दीमा पनि डब हुने पौडेलले जानकारी गराए। उनले ‘अग्निदहन’ ले कमाएको रकम निर्माताको व्यक्तिगत फाइदामा नभई बोक्सी प्रथा उन्मूलन जस्ता सामाजिक चेतना अभियानमा लगाउने बताएका छन्।

निर्देशक घनश्याम लामिछानेले ‘अग्निदहन’ लाई मनोरञ्जनभन्दा बढी सामाजिक चेतना प्रवाह गर्ने चलचित्रको रुपमा प्रस्तुत गरिएको बताए। ९० मिनेट लामो यो चलचित्रमा नेपाली समाजको वास्तविक परिवेशलाई चित्रण गरिएको छ। कलाकार प्रकाश घिमिरेले यो चलचित्रले समाजमा सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताए। “बोक्सी प्रथा विरुद्धको कथामा अभिनय गर्न पाउँदा खुशी लागेको छ,” घिमिरेले भने।

चलचित्रमा प्रमिला तुलाचन बोक्सीको भूमिकामा प्रस्तुत भएकी छिन् भने लोकदोहोरी क्षेत्रबाट आएका कलाकार तुलसी क्षेत्रीले पनि अभिनय गरेकी छन् ।

लोकमणि पौडेलको कथा तथा पटकथामा बनेको यो चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ। चलचित्रको निर्माणमा कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, र शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन रहेको छ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रतिष्ठानका केन्द्रीय सदस्य दीपक पराजुली, कमला पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img