समाजमकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले गर्यो शपथ ग्रहण

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले गर्यो शपथ ग्रहण

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले हेटौंडामा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ। नवनिर्वाचित अध्यक्ष प्रमोदसिंह रानाभाटको नेतृत्वमा गठित समितिलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले शपथ गराए।

समितिमा उपाध्यक्षहरू दीपक उप्रेती, उज्वल चौलागाई, राजु अधिकारी, र काव्यमणि अधिकारी रहेका छन्। महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सह-कोषाध्यक्षमा निलम वैद्य, र सचिवहरूमा रुपकराज दहाल (उद्योग), माधव ज्ञवाली (एशोसियट), कुलप्रसाद चौलागाई (वाणिज्य), तथा राजाराम कार्की र नेत्रप्रसाद खतिवडा (वस्तुगत) निर्वाचित भएका छन्।

सदस्यहरूमा जगदिश दाहाल, कृष्णगोपाल महर्जन, भुपेन्द्र प्रसाद अधिकारी, शम्भु पुडासैनी, सन्तोष घिमिरे, राजेन्द्र लामिछाने, सीतादेवी भेटवाल, निलम बजगाई, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, शंकरप्रसाद कालाखेती, सुकृतराज पराजुली, विक्रमकुमार सञ्जेल, निलम पाण्डे, अंकिता सुमार्गी, र नवराज खतिवडा रहेका छन्।

शपथ ग्रहण समारोहमा संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले नवनिर्वाचित अध्यक्ष रानाभाटलाई पद हस्तान्तरण गरे। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, संघका पूर्वअध्यक्षहरू अरुणराज सुमार्गी, जीवन काजी मकाजु, केशव श्रेष्ठ, हिटलर विष्ट, माधव रिसाल, उत्तम शर्मा ढकाल, र अध्यक्ष पदका प्रत्याशी अनिल अग्रवाल लगायतको उपस्थिति थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img