Tuesday, July 8, 2025
समाजसर्वोत्तम संचिति बचत तथा ऋण सहकारीको छैठौं स्थापना दिवस सम्पन्न, विभिन्न विधामा...

सर्वोत्तम संचिति बचत तथा ऋण सहकारीको छैठौं स्थापना दिवस सम्पन्न, विभिन्न विधामा शेयर सदस्य सम्मानित

spot_img

हेटौंडा | हेटौंडा–८ कमानेमा अवस्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैठौं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो।

संस्थाले सहकारी क्षेत्रमा सक्रिय विभिन्न समूह तथा सदस्यहरूलाई योगदानको आधारमा सम्मान गरेको छ। सक्रिय समूह विधामा सक्रिय सर्वोत्तम समूह, अधिक बचत गर्ने समूह विधामा भावना सर्वोत्तम समूह, धेरै अनुदान प्राप्त गर्ने समूह विधामा कालिका सर्वोत्तम समूह, अनुशासित समूह विधामा रानी दरबार सर्वोत्तम समूहलाई सम्मान प्रदान गरिएको थियो। व्यक्तिगत विधामा अधिक मासिक बचतकर्ता कृष्णबहादुर भुर्तेल, अधिक बाल बचतकर्ता सम्भवी श्रेष्ठ, अधिक आवधिक बचतकर्ता राधिका पौडेल र लक्ष्मण विष्ट, अधिक शेयर खरिदकर्ता अमृत लामिछाने, ज्येष्ठ सदस्य वेदप्रसाद दुलाल, असल ऋणी सन्तमाया गोले, तथा विद्यार्थी विधामा एन्जिला थापालाई सम्मान गरिएको थियो।

-सूचना-

कार्यक्रममा लामो समयदेखि संस्थामा सेवा पुर्याएका कर्मचारी लक्ष्मी ढुंगाना, शर्मिला मोक्तान, र लक्ष्मी सिंखडालाई विशेष सम्मान प्रदान गरियो। त्यस्तै, संस्थाबाट सेवा निवृत्त भएका अविनाथ मल्ल, वेदबहादुर दनै, र रवि सुवेदीलाई विदाई सम्मान प्रदान गरिएको थियो।

समारोहमा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा साकोसका अध्यक्ष इन्द्रबहादुर बस्नेत, सुन्दर साकोसका अध्यक्ष शम्भु नकर्मी, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ, नमूना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारप्रसाद न्यौपाने लगायत सहकारी क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

संस्थाले केवल वित्तीय सेवामा सीमित नरही उत्पादन र व्यवसायिक क्षेत्रमा समेत योगदान दिँदै आएको छ। व्यवस्थापक राजाराम थापाका अनुसार, सहकारीले तोरीको तेल, नरिवलको तेल, पिना, फापर, कोदो, चनाको पीठो, चियापत्ती, भटमास, विभिन्न दालका प्रकार, बेसार लगायतका खाद्य सामग्री आफ्नै उद्योगबाट उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ। सहकारीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउने लक्ष्य राखेको उनले बताए।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img