समाजमकवानपुरका व्यवसायी त्रसित, हेटौंडामा चोरी घटनाले सुरक्षा निकायको ध्यानाकर्षण आवश्यक

मकवानपुरका व्यवसायी त्रसित, हेटौंडामा चोरी घटनाले सुरक्षा निकायको ध्यानाकर्षण आवश्यक

हेटौंडा | हेटौंडामा मोवाईल व्यवसायीको पसलमा चोरीको घटनाले व्यापारी वर्गलाई त्रसित पारिरहेको छ। बुधबार राती हेटौंडा ४ स्कुलरोडस्थित ‘न्यू ९९ मोवाईल सोलुसन’ पसलको सटर काटी चोरी भएको घटनाले व्यवसायीहरूमा डर र असुरक्षा उत्पन्न गरेको छ। यस घटनापछि, नेपाल मोबाइल एशोसिएसन (म्यान) मकवानपुरले सुरक्षा निकायमा ध्यानाकर्षण पत्र बुझाएको छ।

एशोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपाने (सागर) का अनुसार, चोरीको घटनाले हेटौंडामा व्यवसाय सञ्चालन गर्ने वातावरणलाई असुरक्षित बनाएको छ। उनले सुरक्षा निकायलाई आग्रह गर्दै रातिको समयमा पनि प्रहरी टोली परिचालन गर्न र व्यवसायिक क्षेत्रको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। साथै, म्यानले हेटौंडा नगरपालिकामा सिसी क्यामेरा र सडक बत्तिको व्यवस्थापनमा पनि ध्यान दिन अनुरोध गरेको छ।

अध्यक्ष न्यौपानेले भने, “हामीले सुरक्षा निकायसँग प्रहरी परिचालन गर्ने र नगरपालिकासँग पर्याप्त सिसी क्यामेरा र राम्रो सडक बत्तिको व्यवस्था गर्न माग गरेका छौं। अहिले सिसी क्यामेरा र सडक बत्तीको अभावले व्यवसाय गर्ने वातावरण सुरक्षित छैन।”

उनी अनुसार, मोबाइल व्यवसाय मात्र नभएर कपडा, सुनचादी, भाडाकुडा, टिभी, फ्रिज लगायत अन्य व्यवसायमा पनि चोरीका घटनाहरू बढ्दै गएका छन्। यसले व्यापारीहरूमा ठूलो असुरक्षाको भावना पैदा गरेको छ।

न्यौपानेले सरकारको ‘प्रविधि र स्मार्ट हेटौंडा’ को अवधारणा कागजमा मात्र सीमित भएको र यसलाई व्यवहारमा उतार्नका लागि प्रर्याप्त सिसी क्यामेरा र सडक बत्तिहरूको आवश्यकता रहेको बताए। साथै, नगरपालिकाले मर्मत नगरेका क्यामेराहरू स्पष्ट नदेखिने कारणले व्यवसायीहरूले निराशा व्यक्त गरेका छन्।

यस मुद्दामा ध्यानाकर्षण पत्र एशोसिएसनका अध्यक्ष न्यौपाने, निवर्तमान अध्यक्ष नवराज चौलागाई, नेपाल मोबाइल व्यवसायी महासंघ बागमती प्रदेश अध्यक्ष एसीस रिजाल र म्यान मकवानपुरका अन्य पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकालाई बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img