Tuesday, March 18, 2025
समाजइन्द्रसरोवरमा एक पुरुष मृत फेला

इन्द्रसरोवरमा एक पुरुष मृत फेला

हेटौँडा | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, दोभानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतकको पहिचान ३६ वर्षीय श्याम नेसुरको रूपमा खुलेको छ। फागुन १४ गते राति करिब ९ बजे उनी घरबाट हिँडेका थिए। परिवारले खोजी गर्दा फागुन १५ गते बिहान करिब ८:३० बजे उनको शव घरबाट करिब २ किलोमिटर पूर्वतर्फ बागमती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। हालसम्म मृत्युको कारण खुलेको छैन भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img