देशबागमती प्रदेशसिन्धुपाल्चोक भूकम्प अपडेट: एक कैदी घाइते, प्रहरी कार्यालयमा क्षति

सिन्धुपाल्चोक भूकम्प अपडेट: एक कैदी घाइते, प्रहरी कार्यालयमा क्षति

काठमाडौँ | सिन्धुपाल्चोकमा गएको ६.१ म्याग्निच्युडको भूकम्पपछि क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भूकम्पका कारण सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार घाइतेको उपचार भइरहेको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ। कार्यालयमा रहेका सुरक्षाकर्मी भने सुरक्षित रहेको प्रशासनले जनाएको छ।  भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ। प्रशासनका अनुसार पहिरोले मानवीय क्षति भने पुर्याएको छैन।

भूकम्पपछिको उद्धार र आवश्यक सहयोगका लागि सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रहरूमा परिचालन गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २:५२ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि बिहान ७:३५ बजेसम्म २३ वटा परकम्पहरू गइसकेको केन्द्रले जनाएको छ।

विशेषज्ञहरूले भूकम्पपछि लगातार परकम्पहरू जान सक्ने भन्दै स्थानीयवासीलाई सचेत रहन र कमजोर संरचनामा नबस्न आग्रह गरेका छन्। सिन्धुपाल्चोकलगायत आसपासका जिल्लामा भूकम्पको कम्पन व्यापक रूपमा महसुस गरिएको थियो।

थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img