Wednesday, April 30, 2025
समाजसांसद रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच संसदमा तीव्र भनाभन
spot_img

सांसद रघुजी पन्त र ज्ञानेन्द्र शाहीबीच संसदमा तीव्र भनाभन

काठमाडौं | प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (एमाले) सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) बीच चर्को भनाभन भएको छ। संसदमा धारणा राख्ने क्रममा शाहीले आपत्ति जनाएपछि पन्तले “इतिहास नबुझी बहस गर्न नआउनू” भन्दै तिखो जवाफ फर्काएका छन्।

पन्तले वि.सं. २०१२ मा प्रकाशित हुलाक टिकटमा रहेको चुच्चे नक्सा २०१७ सालपछि हराएको दाबी गर्दै पञ्चायती व्यवस्थामै राष्ट्रियता कमजोर भएको बताए। उनले गणतन्त्र आएपछि मात्रै नेपालले आफ्नो चुच्चे नक्सा पुनः प्राप्त गरेको जिकिर गरे।

सांसद पन्तले राजावादी आन्दोलनमा भारतीय नेता योगी आदित्यनाथको तस्बिर प्रयोग गरिनु राष्ट्रियताको प्रश्न भएको बताए। “देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश? यही हो देशभक्ति?” भन्दै उनले व्यंग्य गरे।

पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालका विवादित घटनाहरू उठाउँदै तत्कालीन शाहज्यादा पारस शाह जोडिएको गायक प्रविण गुरुङ हत्या काण्ड को स्मरण गराए। उनले राजतन्त्र नेपाली जनताको आवश्यकता नभएको जिकिर गर्दै संसदमा त्यसबारे बहस हुन नसक्ने स्पष्ट पारे।

“संविधानले राजतन्त्र चिन्दैन, यो संसद गणतन्त्रको प्रतिनिधित्व गर्छ” भन्दै उनले राजसंस्थाको पुनर्स्थापनाको बहस असान्दर्भिक भएको बताए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img