समाजहेटौँडामा प्रचण्डको तस्वीर जलाउने निराजन बम चितवनबाट पक्राउ

हेटौँडामा प्रचण्डको तस्वीर जलाउने निराजन बम चितवनबाट पक्राउ

हेटौँडा | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाउने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बम पलाँता पक्राउ परेका छन्।

प्रहरीले उनलाई चितवनको भरतपुरबाट पक्राउ गरी हेटौँडा ल्याउँदै गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिएका छन्।

बमले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा सार्वजनिकरूपमा प्रचण्डको तस्वीर जलाएका थिए। उनले मन्तव्य दिने क्रममा लाइटर निकालेर तस्वीरमा आगो लगाएका थिए, जसपछि यो विषय चर्चामा आएको थियो।

यस घटनापछि प्रचण्ड समर्थकहरूले विरोध जनाउँदै कारबाहीको माग गरेका थिए, भने राप्रपानिकट केही नेताहरूले यसलाई “व्यक्तिगत आस्थाको अभिव्यक्ति” भनेका छन्। प्रहरीका अनुसार बममाथि कानुनी प्रक्रिया अघि बढाइने छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img