Thursday, July 17, 2025
समाजपाथीभरामा एकै दिन सात हजार बढी दर्शनार्थी 

पाथीभरामा एकै दिन सात हजार बढी दर्शनार्थी 

spot_img

 ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा आज एकैदिन ७ हजारभन्दा बढी भक्तजन पुगेका छन्। दसैँ–तिहारपछि यति धेरै संख्यामा भक्तजनको उपस्थिति देखिएको यो पहिलोपटक हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार आज मन्दिरमा ७ हजार १४६ जना दर्शनार्थी पुगेका छन्। उनका अनुसार दसैँ र तिहारपछि पहिलोपटक यति ठूलो संख्यामा भक्तजन आएको हो।

- Advertisement -

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिरमा चिसो मौसमका कारण हरेक वर्ष सिजनमा भक्तजनको आगमन घट्ने गरेको हाङबाङले बताए। उनका अनुसार यस वर्ष चिसो मौसमसँगै केबलकार निर्माणमा देखिएको विवाद र बन्दका कारण भक्तजनको संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको छ।

तर हाल मन्दिरसम्म आउन–जान केबलकार निर्माणको विषयले कुनै असर नपारेको भन्दै हाङबाङले भक्तजन तथा पर्यटकलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

यसैबीच, सिजनमा पाथीभरा क्षेत्रमा भक्तजनको घुइँचो लाग्ने भएकाले कुनै समस्या परेमा मन्दिर क्षेत्र विकास समिति वा स्थानीय सुरक्षा निकायसँग सम्पर्क राख्न समितिले अनुरोध गरेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img