Thursday, July 17, 2025
समाजदुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ

spot_img

काठमाडौं | चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न मुख्य अभियुक्त दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। प्रहरीले जनाए अनुसार उनी भारतको आसाम राज्यमा फेला परेका हुन् र हाल उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रसाईसँगै भारत भागेका उनका केही सहयोगीहरू भने आफैं नेपाल फर्कँदै छन्।

- Advertisement -

प्रसाई पक्राउ परेको खबरसँगै उनका परिवारका सदस्यहरूले पनि उनी प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेका छन्। यद्यपि, उनीहरूले प्रहरीद्वारा पक्राउ गरिएको नभई आफैंको सुरक्षाका लागि भारतीय प्रहरीसँग सम्पर्कमा गएको बताएका छन्।

हिंसापछि फरार, सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक

चैत १५ गते प्रसाईको नेतृत्वमा गरिएको प्रदर्शन तीनकुनेमा हिंसात्मक भएको थियो। सो दिन झडप, तोडफोड, आगजनी र लुटपाटका घटना भए। भिडन्तका क्रममा दुईजनाको मृत्यु भएको थियो।

उक्त घटनापछि प्रसाई फरार भएका थिए। फरार भए पनि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो अपलोड गरेर आफ्नो आन्दोलनको पक्षमा बोलेका थिए। प्रहरीले भने घटनालगत्तै प्रसाईको खोजी तीव्र बनाएको थियो र विभिन्न प्रविधिमार्फत उनको लोकेसन पहिचान गर्दै आएको थियो।

नेपाल ल्याइएपछि प्रसाईलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिनेछ र उनलाई तीनकुने घटनामा संलग्नताका आधारमा अनुसन्धान अघि बढाइनेछ। प्रहरीको अनुसन्धानले घटनामा संलग्न अन्य व्यक्तिहरूको नाम पनि खुल्ने अपेक्षा गरिएको छ।

प्रसाईको नेतृत्वमा भएको आन्दोलनले राजधानीमै ठूलो तनाव सिर्जना गरेको थियो। प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा जनधनको ठूलो क्षति भएको थियो। सरकार, सुरक्षा निकाय र नागरिक समाजले उक्त हिंसात्मक गतिविधिको आलोचना गरेका थिए।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img