Monday, April 28, 2025
समाजविराटनगरमा बिरामीले अस्पतालको ३ तलामाथिबाट हामफालेर..
spot_img

विराटनगरमा बिरामीले अस्पतालको ३ तलामाथिबाट हामफालेर..

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालबाट हामफालेर एक जना बिरामीले शुक्रबार बिहान आ’त्मह’त्या गरेका छन्।

मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्तालको ३ तलामाथिबाट हामफालेर आ’त्मह’त्या  गरेको मोरङ प्रहरीले जनाएको छ। गोल्डेन अस्पतालमा उ’पचार  गर्दा लागेको रकम तिर्न नसक्दा उनले आ’त्मह’त्या  गर्नुपरेको परिवारले आरोप लगाएका छन्। मण्डललाई अस्पताल प्रशासनले ३ दिनदेखि बन्धक बनाएर राखेको उनका आफन्तले बताएका छन्।

हामफालेपछि टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको सोही अस्पतालको इमजेन्सीमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए। छारे रोग र मानसिक समस्या भएपछि उनलाई उ’पचार का लागि मंसिर ३ गते अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखेर अस्पतालले उनको उ’पचार  गरेको थियो। मंसिर ७ गते आइसियुबाट वार्डमा सारेपछि घर लैजाँदा हुन्छ भन्दै डिस्चार्ज दियो।

मृतक मण्डलका आफन्त श्रीराम कामतका अनुसार उ’पचार मा लागेको पैसा नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले नै बन्धक बनाएर राखेको हो। ‘आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले भने जति पैसा दिन सकेका थिएनौं’, कामतलले भने, ‘त्यही तनावमा आएर आ’त्मह’त्या  गरेको हुनुपर्छ।’अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार उ’पचार  खर्च तिर्न नसकेका कारण बिरामीलाई ब’न्धक नबनाइएको बताए। मण्डल डिप्रेसनको औषधि नियमित सेवन गरिरहेका बिरामी हुन्। अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौं भनेर बिरामीलाई राखेका थिए।

‘मानसिक समस्याका कारण उनले देखाउने अस्वभाविक व्यवहारले गर्दा अन्य बिरामीलाई असर भइरहेको थियो,’ मेहताले भने, ‘त्यसकारण घर चाँडो लागन भनेका थियौं। समयमा परिवारले नलगेका कारण घटना भई दिइयो।’ उ’पचार मा गर्दा जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो। मण्डलका परिवारले उ’पचार मा लागेको खर्चमध्ये १७ हजार तिरेको र २१ हजार रूपैयाँ तिर्न बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ।

उ’पचार रत मण्डलले शुक्रबार बिहान एक्कासी अस्पतालको ३ तलाबाट हामफालेर आ’त्मह’त्या  गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img