काठमाडौं : नेपाली काङ्ग्रेसको निर्वाचन प्रक्रिया सुरू गरिने भएको छ । नेपाली काङ्ग्रेसको १४ अौँ महाधिवेशन अौपचारिक रूपमा मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरू गरिनेछ ।
मङ्सिर २२ र २३ गते पार्टीमा पदाधिकारी तथा केन्द्रीय सदस्य उमेदवारको मनोनयन प्रक्रिया सुरू गरिने सम्भावना रहेको छ । तर निर्वाचन समितिले यश विषयमा अौपचारिम निर्णय गरेको छैन । यसको टुङ्गो मङ्सिर २१ गते नै गरिने जानकारी दिएका छन् ।पार्टीको केन्द्रीय निर्वाचन समितिका तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको अौपचारिक प्रक्रिया सुरू हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिएका छन् ।
निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ । त्यसपछि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनु पर्ने भएको छ । यो समाचार गोरखापत्र दैनिकीमा पनि छापिएको छ ।