Monday, May 19, 2025
समाजहेटौँडामा पाँच सयका नक्कली नोटसहित एक पक्राउ
spot_img

हेटौँडामा पाँच सयका नक्कली नोटसहित एक पक्राउ

spot_img

हेटौँडा | मकवानपुर प्रहरीले नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। हेटौँडा–८ बसोबास गर्ने ४२ वर्षीय रामकृष्ण अधिकारी ५०० रुपैयाँ दरका १८६ थान नक्कली नोटसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार बिहीबार बिहान हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आइरहेको बा ३३ प ९९८३ नम्बरको मोटरसाइकल जाँच गर्दा अधिकारीको साथबाट नक्कली नोट फेला परेको हो।

पक्राउ परेका अधिकारीको स्थायी ठेगाना धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–२ रहेको छ। हाल उनी हेटौँडा–८ मा बसोबास गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले नक्कली नोट कसरी प्राप्त भयो, यसमा अरु को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img