अन्तर्राष्ट्रियएस–४०० प्रणालीमार्फत भारतले पाकिस्तानी एफ–१६ खसालेको दाबी

एस–४०० प्रणालीमार्फत भारतले पाकिस्तानी एफ–१६ खसालेको दाबी

काठमाडौं |  भारतले आफ्नो हवाई क्षेत्रको सुरक्षाका क्रममा पाकिस्तानको एफ–१६ लडाकु विमान खसालेको दाबी गरेको छ। भारतीय सञ्चारमाध्यम ‘आज तक’ का अनुसार भारत प्रशासित जम्मु कश्मीरको जम्मुस्थित हवाई क्षेत्रनजिकै सो लडाकु विमान भारतीय एस–४०० हवाई प्रतिरक्षा प्रणालीमार्फत खसालिएको बताइएको छ।

भारतीय पक्षले पाकिस्तानबाट आएको हवाई जोखिमको जवाफस्वरूप एफ–१६ खसालिएको दाबी गरेपनि पाकिस्तानी पक्षले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन।

यसअघि बुधबार पाकिस्तानले भारतका पाँच लडाकु विमान खसालेको दाबी सार्वजनिक गरेको थियो, जसले दुबै देशबीच हवाई तनाव चुलिएको संकेत दिएको छ।

हाल दुबै पक्षबाट विभिन्न दावी आए पनि स्वतन्त्र स्रोतबाट यस्ता घटनाको पुष्टि भने भइनसकेको जनाइएको छ। सीमा क्षेत्रमा जारी तानाव र एकअर्कालाई दिइएका जवाफले दक्षिण एसियामा सुरक्षा संवेदनशीलता अझ बढाएको देखिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img