Monday, May 19, 2025
समाजहेटौँडामा पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता
spot_img

हेटौँडामा पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता

spot_img

हेटौँडा | मकवानपुर बहुमुखी क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। यसअघि दुईपटक राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न गरिसकेको क्याम्पसले शनिबारदेखि सोमबारसम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो।

क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालका अनुसार सम्मेलनमा देश–विदेशबाट भौतिक र भर्चुअल रूपमा करिब ३०० जना विज्ञ तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य ‘दिगो विकास लक्ष्यको स्थानीयकरण : युवाको क्षमता विकास’ रहेको उनले जानकारी दिए।

“स्थानीय स्तरमा दिगो विकासका लक्ष्यहरूलाई समायोजन गर्दै युवा विद्यार्थीलाई सक्षम बनाउने र लक्ष्य हासिल गर्न उनीहरूको भूमिकालाई सक्रिय बनाउने हेतुले यो सम्मेलन आयोजना गरिएको हो,” प्रमुख सिलवालले बताए।

सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग (UGC) का अध्यक्ष प्रा.डा. देवराज अधिकारीले शनिबार दिउँसो २ बजे हेटौँडाको एभोकाडो होटलमा गर्नेछन्।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अनुसन्धानकर्ताहरूको प्रस्तुति हुनेछ भने अनुसन्धानमूलक जर्नलहरूको प्रकाशन पनि गरिनेछ।

क्याम्पस प्रमुख सिलवालले यस सम्मेलनलाई क्याम्पसको दीर्घकालीन योजना – विश्वविद्यालयमा रूपान्तरण हुने लक्ष्यतर्फको महत्वपूर्ण पाइलाका रूपमा प्रस्तुत गरे। सम्मेलन UGC नेपालको सहयोग, केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरू, साथै स्वदेशी र विदेशी विश्वविद्यालयहरूसँगको सहकार्यमा आयोजना हुँदैछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img