Monday, May 19, 2025
समाजडेंगुको जोखिम बढ्यो
spot_img

डेंगुको जोखिम बढ्यो

spot_img

काठमाडौँ |  मुलुकभर पानी पर्न थालेसँगै डेंगु संक्रमणको जोखिम उच्च हुँदै गएको स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेंगु फैलन सक्ने अवस्था देखिएको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

“पानी जम्ने ठाउँमा डेंगु सार्ने लामखुट्टेको वृद्धि हुन्छ, त्यसको विकास चक्र पूरा हुनलाई १५ देखि २० दिन लाग्छ, त्यसैले अहिलेको मौसममा विशेष सावधानी आवश्यक छ,” डा. दाहालले जानकारी दिए।

एडिज एजिप्टी र एडिस एल्बोपिक्टस जातका लामखुट्टेहरूले पानी जमेको ठाउँमा अण्डा फुलाउँछन्। ती अण्डाबाट निस्कने लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगु सार्दछ।

डा. दाहालका अनुसार गत वर्ष धेरै डेंगु संक्रमित भेटिएका ३५ स्थानीय तहलाई पहिले नै सतर्क रहन पत्राचार गरिसकिएको छ। उनका अनुसार पुस १७ यता मात्र ९६८ जनामा डेंगु संक्रमण देखिएको छ।

सन् २०२४ मा नेपालका ७६ जिल्लामा डेंगु फैलिएको थियो। त्यसक्रममा ४१ हजार ८६५ जनामा संक्रमण पुष्टि भएको थियो भने १५ जनाको ज्यान गएको थियो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img