Sunday, July 13, 2025
समाजसर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

spot_img

सर्लाही | सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित क्षेत्रीय सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै चालकको ज्यान गएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुतलीचोकबाट सोल्टीतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५६ प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी रौतहटको साविक बिसुनपुर्वा गाविसका ३३ वर्षीय नागेन्द्र साह सोनार (५२६ नम्बर मोटरसाइकल चालक) र काठमाडौँ महानगरपालिका–२३, वसन्तपुर निवासी ३० वर्षीय विवेक मानन्धर (७८६८ नम्बर मोटरसाइकल चालक) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।

दुवै घाइतेलाई बागमतीस्थित मोडल अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

त्यस्तै, ५२६ नम्बर मोटरसाइकलको पछाडि सवार रौतहट बिसुनपुर्वा–४ की ३२ वर्षीया चनचला देवी साह र भारत बिहार राज्य बकुलिया निवासी ३४ वर्षीया मुनीदेवी साहको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतक दुबैको शव हाल चन्द्रपुरस्थित अस्पतालमा राखिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img