समाजवैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू गर्दै

वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू गर्दै

काठमाडौँ | वैदेशिक रोजगार विभागले अबदेखि सेवा ग्राहीले आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गर्ने भएको छ। विभागको ताहाचलस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले अनलाइन दरखास्त फारम रीतपूर्वक प्राप्त भएपछि सोही दिन श्रम स्वीकृति दिने प्रक्रिया कार्यान्वयनमा ल्याइने जानकारी दिए।

उनका अनुसार केही दिनभित्रै यो प्रक्रिया अझ प्रभावकारी बनाउँदै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति दिने लक्ष्यसहितको व्यवस्था लागू गरिनेछ।

शिवाकोटीले वैदेशिक रोजगारीका क्रममा देखिएका ठगी, उद्धार, राहत, नियमन र अनुगमनसम्बन्धी कार्यमा विभाग थप सक्रिय र प्रभावकारी ढंगले लागिरहेको बताए।

त्यस्तै, साइबर सुरक्षा नीति तथा कृत्रिम बुद्धिमत्ता (एआई) नीतिलाई विभागको प्रणालीमा समाहित गर्न कार्ययोजना बनाइसकेको र चाँडै लागू गरिने समेत जानकारी दिए।

वैदेशिक रोजगार प्रक्रिया सहज, पारदर्शी र दक्ष बनाउन विभागले डिजिटल प्रणालीमा आधारित सुधारलाई प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img