समाजकुलेखानी–देउराली–मातातीर्थ–सतुगंल सडक ८ दिनका लागि पूर्ण रूपमा बन्द

कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल सडक ८ दिनका लागि पूर्ण रूपमा बन्द

हेटौँडा |  हेटौँडाबाट काठमाडौं पुग्ने छोटो दूरीको वैकल्पिक मार्ग कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत ठेक्का दिइएको यो सडकको स्तरोन्नतिको क्रममा ढलानको काम भइरहेको हुँदा जेठ १३ गते मङ्गलबारदेखि २० गतेसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको हो।

कार्यालयका अनुसार ढलानको काम विशेषगरी मोडहरूमा भइरहेकोले निर्माणमा सवारी साधनको आवतजावतले सुरक्षा र कार्यदक्षतामा समस्या आएकाले सडक बन्द गरिएको हो।

इन्जिनियर राजु श्रेष्ठका अनुसार, यो सडक खण्डको सशस्त्र प्रहरी क्याम्पदेखि मकैबारी क्षेत्रसम्म ढलानको काम भइरहेको छ। उनले सबै सवारी चालक र स्थानीयलाई वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गरेका छन्।

सडक स्तरोन्नति सम्पन्न भएपछि हेटौँडा–काठमाडौं आवतजावत थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img