समाजअत्यधिक गर्मीका कारण नवलपुरका पाँच पालिकामा विद्यालय बन्द

अत्यधिक गर्मीका कारण नवलपुरका पाँच पालिकामा विद्यालय बन्द

नवलपुर | नवलपुरमा पछिल्ला दिनमा अत्यधिक गर्मी बढ्दै गएपछि जिल्लाका पाँच स्थानीय तहले विद्यालय र शैक्षिक संस्थामा अस्थायी रूपमा बिदा दिएका छन्। तराई क्षेत्रका पालिकाहरूले लगातार बढ्दो तापक्रमले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो निर्णय लिएका हुन्।

हाल नवलपुरमा न्यूनतम तापक्रम २९ डिग्री सेल्सियस पुगेको छ भने अधिकतम तापक्रम ३९ देखि ४० डिग्री सेल्सियसबीच पुगेको छ। स्थानीय बासिन्दाले दिउँसो सडकमा हिँड्नै मुस्किल हुने गर्मी महसुस गरिरहेका छन्।

गर्मीको जोखिमलाई ध्यानमा राख्दै गैडाकोट नगरपालिकाले बुधबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसैगरी, कावासोती नगरपालिकाले पनि बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार दुई दिनको लागि विद्यालय बिदा दिने जनाएको छ।

विनयी त्रिवेणी गाउँपालिकाले समेत भोलि र पर्सी (बिहीबार र शुक्रबार) दुई दिनका लागि विद्यालय बन्द रहने सूचना सार्वजनिक गरेको छ।

त्यस्तै, मध्यविन्दु र देवचुली नगरपालिकाले विद्यालयहरूको अवस्थाअनुसार ‘अनुकुलतामा विद्यालय बन्द गर्न सकिने’ सूचना सार्वजनिक गरेका छन्।

गर्मीको चापले साना बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित हुने भएकाले पालिकाहरूको यो निर्णय स्वागतयोग्य भएको अभिभावकहरूले बताएका छन्। अत्यधिक तापक्रमले डिहाइड्रेसन, लु लग्ने, टाउको दुख्ने, आँखा पोल्ने लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरूले चेतावनी दिएका छन्।

स्थानीय सरकारहरूका लागि वातावरणीय चुनौतीसँग जुध्दै शिक्षामा निरन्तरता दिने द्विविधा सिर्जना भएको छ। तर तत्कालको सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्नु विवेकसम्मत निर्णय मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img