Saturday, July 19, 2025
समाजहेटौँडामा होटलको रेलिङबाट खसेर एक जनाको मृत्यु

हेटौँडामा होटलको रेलिङबाट खसेर एक जनाको मृत्यु

spot_img

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा एक पुरुष हेटौंडा–१० बसपार्कको भवनको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ।

हेटौँडा–१० बसपार्कमा रहेको रोशन होटल एण्ड लजमा अन्दाजी २६ वर्षकी ममता प्रजाका श्रीमान् अमित मोक्तान ३० वर्षका सोही होटलमा श्रीमती बस्ने कोठामा आएका थिए। घटनाको बेलामा उनी होटलको तेस्रो तलामा गएका र बाहिरी रेलिङबाट अचानक खसेको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

- Advertisement -

घटनाबारे जानकारी पाएपछि घाइते मोक्तानलाई उनकी श्रीमती ममता प्रजा र होटल सञ्चालक अरुण पन्तले तत्कालै हेटौँडा अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक जाँचमा दुवै हातमा सामान्य चोट देखिए पनि भित्री चोट गम्भीर रहेको चिकित्सकले बताएका थिए।

घाइतेको अवस्था जटिल देखिएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको थियो। तर, अस्पताल पुगी उपचार भइरहेको अवस्थामा गएराती चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img