समाजहराएका डा. केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला

हराएका डा. केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या सम्बन्धी सन्देश पोस्ट गरेपछि सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजु क्षेत्रबाट सकुशल फेला परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई आज बिहान बालाजुबाट नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार डा. श्रेष्ठलाई फेला पारिएपछि प्रारम्भिक सोधपुछ गरिएको छ। हाल उनी मानसिक तनावको अवस्थामा रहेको अनुमान गरिएको छ।

श्रेष्ठलाई अहिले प्रहरी परिसर भद्रकाली ल्याइएको छ र आवश्यक स्वास्थ्य परीक्षण तथा मनोपरामर्श प्रक्रियाका लागि अगाडि बढाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img