Tuesday, July 8, 2025
समाजमकवानपुरमा १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ, तीन अझै फरार

मकवानपुरमा १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ, तीन अझै फरार

spot_img

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट करिब १ हजार ७४ किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही स्थानका ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन्।

-सूचना-

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त टोलीले कटहरेमा एकैदिन ५४ वटा बोरामा लुकाइएको उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण र राजेन्द्र बस्ने घरसहित सोही स्थानका गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेका घरमा तलासी गर्दा गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा तौल गर्दा १ हजार ७४ किलो २ सय ५० ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोकर्ण, मान बहादुर र सोमलाल हाल फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको र गाँजा कारोबारीसँग सम्बन्धित थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

नेपालमा गाँजा उत्पादन, बोक्न, ओसारपसार गर्न र बेचबिखन गर्न कानुनी रूपमा निषेध गरिएको छ। तर ग्रामीण क्षेत्रका केही स्थानहरूमा अझै पनि लुकेर गाँजा खेती र ओसारपसार भइरहने गरेको प्रहरीको बुझाइ छ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img