Tuesday, July 8, 2025
समाजबढ्दै डेंगी सङ्क्रमण, संक्रमित १६ सय नाघे

बढ्दै डेंगी सङ्क्रमण, संक्रमित १६ सय नाघे

spot_img

काठमाडौं | गर्मी र वर्षायाममै सीमित मानिने डेंगी संक्रमण पछिल्लो केही वर्षयता बारहमास देखिन थालेको छ। जलवायु परिवर्तनका असरले लामखुट्टेको प्रजनन क्षमता र सक्रियता बढ्दै जाँदा डेंगी अब नेपालका लागि स्थायी जनस्वास्थ्य चुनौतीको रूपमा उभिएको विज्ञहरूले बताएका छन्।

स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म सातवटै प्रदेशमा डेंगी संक्रमितको संख्या १६ सय नाघिसकेको छ। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ४०४ जना संक्रमित भेटिएका छन्।

-सूचना-

गण्डकीमा ३५८, लुम्बिनीमा २७८, कोशीमा ३३४, सुदूरपश्चिममा २३२, कर्णालीमा ३६ र मधेशमा ३१ जना संक्रमित भएका छन्। पछिल्लो सातामात्रै ७१ नयाँ संक्रमित थपिएका छन्।

गत वर्ष डेंगीका कारण ४५ हजारभन्दा बढी बिरामी परेका र १५ जनाले ज्यान गुमाएका थिए। यदि सावधानी नअपनाए यो वर्ष पनि त्यस्तै अवस्था आउन सक्ने महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालको चेतावनी छ। “अबका ४ महिना सबैभन्दा बढी जोखिमयुक्त हुने भएकाले सबै नागरिक सचेत र सतर्क रहनुपर्छ,” उनले भने।

पहिल्यै समुन्द्री सतहदेखि माथिल्लो उचाइमा पाइने लामखुट्टे र डेंगी अब चिसो हिमाली भेगसम्म फैलिन थालेको पाइएको छ। विज्ञहरूका अनुसार वातावरणीय अनियमितता र तापक्रम वृद्धिले डेंगी फैलाउने एडिस एजिप्टाईएडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टे बारहमास सक्रिय हुन थालेका छन्।

महाशाखाको भनाइमा यी लामखुट्टेहरू मुख्यत: सफा जमेको पानीमा फूल पार्छन् र घर वरिपरि जमेको पानीको स्रोतबाट फैलिन सुरु गर्छन्।

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरूले डेंगी नियन्त्रणका लागि सक्रियता बढाएका छन्। काठमाडौं महानगरपालिकाले सम्पूर्ण वडामा भेला गरी योजना कार्यान्वयन थालेको छ भने बुढानिलकण्ठ नगरपालिकाले विद्यालयदेखि सरकारी कार्यालयसम्म सचेतनामूलक कार्यक्रम सुरु गरेको जनाएको छ।

बुढानिलकण्ठ स्वास्थ्य शाखाका प्रमुख कुमारप्रसाद दाहालका अनुसार विद्यालयका कक्षा ८–१० सम्मका विद्यार्थीलाई हप्तामा एक दिन डेंगी सम्बन्धी कक्षा सञ्चालन गर्न र प्रत्येक शनिबार घर वरिपरि सफा राख्न सुझाव दिइएको छ।

नगरका सामुदायिक स्वास्थ्य संस्थाहरूमा मंसिरसम्म निःशुल्क डेंगी परीक्षणको व्यवस्था गरिएको छ। ज्वरो, जिउ दुख्ने जस्ता लक्षण देखिए तत्काल परीक्षण गराउन सुझाव दिइएको छ।

डेंगीबाट बच्न के गर्ने?

स्वास्थ्य मन्त्रालयले निम्न सावधानीहरू अपनाउन आग्रह गरेको छः

  • पूर्ण बाहुला भएको लुगा लगाउने।
  • सुत्दा झुलको प्रयोग गर्ने।
  • झ्याल–ढोकामा लामखुट्टे छिर्ने जाली राख्ने।
  • घर, विद्यालय वा कार्यालय वरपर पानी जम्न नदिने।
  • फूलदानी, गमला, कुलर आदि सफा राख्ने र पानी फेर्ने।
  • पानी भर्ने भाँडाहरू राम्रोसँग छोप्ने।
  • साँझ बिहान बाहिर निस्कँदा विशेष सावधानी अपनाउने।

डा. दाहालले भने, “सामान्य सावधानी अपनाएर नै ठूलो क्षति टार्न सकिन्छ। सबै स्थानीय तह र नागरिक एक भएर लाग्नुपर्छ।”

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img