दिपेन्द्र लुइटेल मंसिर १४ भोजपुर । भोजपुर बजारहरुमा रहेको पसलहरुको खाध्य प्रबिधी तथा गुण नियन्त्रक कार्यलय धनकुटा र घरेलु तथा साना उद्योग भोजपुरले बजारमा म्याद गुज्रिएको र कालो बजारीकरण फस्टाउदै गएकोले उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यलय भोजपुरका प्रमुख लोकेन्द्र फागोले बताए ।
जिल्ला सदरमुकाममा रहेका किराना पसल खाद्य उद्योग लगाएतका पसलको छड्के अनुगमन गरिएको हो । अनुगमनमा म्याद गुज्रिएको सामाग्री भेटिएका पसलहरुलाई यस्ता समाग्री बेचबिखन नगर्नका लागि सचेत समेत गरिएको छ ।