हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ ले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा भौतिक पूर्वाधार विकास समितिका तत्कालीन सभापति माननीय दिपक बहादुर सिंह प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले जेनजी आन्दोलनका युवाहरूको बलिदान व्यर्थ नजाने भन्दै आगामी निर्वाचनमा राप्रपालाई बहुमतमा पुर्याई नेपालमा हिन्दु राज्य र राजसंस्था पुनःस्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै, राप्रपा मकवानपुर क्षेत्र नम्बर १ का अध्यक्ष थापाले आन्दोलनमा सहिद भएका युवाहरूको योगदानको सम्मान गर्दै सरकारले सहिदहरूको विषयमा छानबिन नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए।



