Sunday, February 16, 2025
समाजओमिक्रोन कोरोना भाइरस विश्वभर तिव्र गतिमा फैलियो

ओमिक्रोन कोरोना भाइरस विश्वभर तिव्र गतिमा फैलियो

काठमाडौं, २९ मंसिर । विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च दरमा भाइरस फैलिएको भन्दै खतरा औल्याएको छ ।

अहिलेसम्म विश्वका ७७ देशमा भाइरस फैलिएको छ । यो भाइरस फैलन नदिने विशेष सतर्कता अपनाइएको डब्लुएचओले जनाएको छ ।अफ्रिकाबाट भेटिएको भनिएको यो भाइरस यूरोप, एशियालगायत सबै महादेशमा देखा परेको छ । तर, अनुसन्धानबाट अहिलेको कोरोनाविरुद्धको खोपले पनि यसको रोकथाममा प्रभावकारी भूमिका खेल्ने पत्ता लागेको छ ।

यसैगरी, अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । चीसो बढेसँगै अमेरिका र यूरोपमा भाइरसको संक्रमण भएमा खतरा झन् बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

विश्वभर कोरोनाविरुद्धको खोपमा विशेष ध्यान दिइएको छ । चीनमा ८० प्रतिशत, जापानमा ७८ प्रतिशत, अमेरिकामा ६० प्रतिशत, ब्राजिलमा ६५ प्रतिशत, भारतमा ३७ प्रतिशतले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । विश्वको ४६ प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएको जनाइएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img