काठमाडौ । माओवादीमा भिषण पहिरो गएको छ । माओवादीवाट निर्वाचन जितेकाहरु नै धमाधम नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।
यसरी एमाले प्रवेश गर्ने स्थानिय जनप्रतिनिधि ३ पुगेका छन् । अन्य सामान्य कार्यकर्ताहरु पनि धमाधम एमाले प्रवेश गर्ने क्रम जारी छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ पनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका छन् । उनलाई एमालेमा भित्र्याउन ओली विहिवार पर्सा जाँदै छन् । उनीसंगै अन्य केही पनि एमाले प्रवेश गर्ने भनिएको छ । माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । ठूलो संख्यामा माओवादी नेताहरु एमाले प्रवेश गर्ने भएपछि एमालेका केही नेताहरु तयारीका लागि पर्सा पुगीसकेका छन् ।
मियाँ संगै माओवादी छोडेर एमाले प्रवेश गर्ने स्थानिय जनप्रतिनिधिको संख्या ३ पुगेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर) ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर कविता साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।



