देशकोशी प्रदेशखरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रे'टेर ह'त्या

खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रे’टेर ह’त्या

spot_img

सप्तरीकाे छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर ह’त्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवकाे सोमबार बिहान घाँटी रेटी ह’त्या गरिएकाे हो।

बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा ह’त्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनकाे कसले के कारणले ह’त्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन।

तीन साता अगाडि मात्रै छिन्नमस्ता-६ को एक वृद्धको घाँटी रेटेर ह’त्या गरिएको थियोे । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए।

सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए । यसअघि ह’त्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img