Friday, May 16, 2025
समाजअज्ञात समूहले एकैसाथ पसल आगजनी गरे, लाखौंको क्षति
spot_img

अज्ञात समूहले एकैसाथ पसल आगजनी गरे, लाखौंको क्षति

spot_img

सुनसरी : महोत्तरी जिल्ला रहेको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गएराति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेको छ ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।

पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट हुँदा क्षति भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप जानकारी आउँन बाँकी रहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img