आज कक्षा ११ को नेपाली पुस्तक पढ्ने मौका मिल्यो अनि हेरियो, व्याकरण हेर्दा, सुरुमा पहिले जस्तै
शब्दकोश हेर्न सिकाइएको रहेछ। अनि त्यहाँ भेटियो “अ” वर्ण। शब्दकोश अनुसार अ२ मा ॐ शब्द जो
आँफैमा शब्द र वर्णको काम गर्दछ, त्यहाँ वर्णको विग्रह गरेको पाइयो, अनि त्यस विग्रहमा उल्लेख रहेछ,
अ वर्णको ध्वनिले विष्णु तथा उ र म वर्णको ध्वनिले क्रमशः शिव र ब्रह्मालाई जनाउँदछ।
हिन्दु मान्यता अनुसार ॐ शब्द/वर्णले ईश्वरलाई जनाउँदछ। प्रसङ्ग को हुन त ईश्वर भनेर सुरु हुन्छ।
ब्रह्मा, विष्णु र शिवको रूप छ, रूपको व्याख्या छ, तर ईश्वरलाई निर्गुण र निरुपाधार भएको जनाउँदछ।
हुन त त्रिदेव कै देवतालाई धर्म ग्रन्थमा ईश्वर नामले सम्बोधन नगरिएको होइन, तर पनि साहित्य, अझ
साहित्य भन्दा बढी दर्शन शास्त्रमा ईश्वर शब्द बढी लेखिन्छ, सायद निर्गुण र निरुप भगवानलाई
जनाउन। कुनै कुनै धार्मिक ग्रन्थमा ईश्वरलाई पञ्चभुत मध्येका एक देवता को रुपमा उल्लेख पनि
गरिएको छ ।
अब प्रश्न उठ्छ शब्दकोश अनुसारको अ वर्णको अर्थमा जहाँ ॐ वर्णको विग्रह गरिएको छ। ॐ वर्णले
समग्र ईश्वर लाई जनाउने की विग्रह गरेर त्रिदेव लाई जनाउने। उत्तरमा वर्ण समग्रले ईश्वरलाई जनाउने, र
विग्रह गरेका वर्णले त्रिदेव लाई जनाउने भन्दा नमिल्ला । कक्षा ११ को नेपाली पुस्तक नेपाल सरकारको
पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको रहेछ, र सायद पुस्तकमा उल्लेखित शब्दकोश, ऐन अन्तर्गतको
भाषा विज्ञान हेर्ने निकाय नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा प्रकाशित गरिएको हुनु पर्छ। भाषा विज्ञानका
विज्ञलाई धर्म (अङ्ग्रेजी थियोलोजी) को पुर्ण ज्ञान नहुनु स्वाभाविक कुरा पनि हो, अनि हाम्रो खोज,
अनुसन्धानको विषय पनि त्यही हो, ईश्वरको चर्चा, खोज, अनि व्याख्या ।मेरो मान्यता भनेको ईश्वर रूप नभएका असली भगवान हुन, जो हरेक साहित्यकार र दर्शनशास्त्री खोज गर्दछन, आफ्नो लेखको पात्र बनाएर समाजले खोजेको र चाहेको धर्मको आवाज प्रतिविम्वित गर्दछन ।