Sunday, April 20, 2025
राजनीतिरवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा
spot_img

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा

काठमाडौं, ६ चैत्र ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो समय मिश्र र मिलन पाण्डेबीच द्धन्द्ध चर्किएको थियो। मिश्रले पाण्डेलाई मिलन पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेका थिए। लगत्तै, पाण्डे समूहले उक्त कारबाहीको कुनै औचित्य नभएको प्रष्ट पारेको थियो।

पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ती जारी गरेर उक्त कारबाहीलाई कायरताको पराकाष्ठा भनेका थिए । उनले जारी गरेको विज्ञप्तीमा भनिएको थियो,‘विवेकशील साझा पार्टीमा विधान विपरीत गठन गरिएको तथाकथित केन्द्रीय कार्यसम्पादन समितिले पार्टीका वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरिएको समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो कारबाही पटक पटक स्थगित गरिएको महाधिवेशन टारेर पार्टीका सदस्यहरूको ध्यान विकेन्द्रित गराउन रचिएको अर्को षडयन्त्र हो। पार्टीकै सदस्यहरूबाट अस्वीकृत हुने डरले पटक पटक महाधिवेशन र आन्तरिक लोकतन्त्रबाट भागेर अहिले सर्वोच्चमा अदालत विचाराधीन मुद्दामा पराजित हुने भयले आत्तिएर यस्ता मनगढन्थे निर्णय गर्नु कायरताको पराकाष्ठता हो।’

पाण्डे समूहले मिश्रलाई महाधिवेशनबाट भागेको आरोप लगाउँदै आएको छ । मिश्रले भने विचारभन्दा माथि देश भन्दै आफ्नो दस्तावेज सार्वजनिक गरेका थिए। उनको उक्त प्रस्तावसँगै नेपाली राजनीति तरंगित बनेको थियो । मिश्रले वैकल्पिक राजनीतिको कुरा गरेपनि आखिरमा पूरातनवादी सोच बोकेर हिँडेको उनकै पार्टीका नेता तथा कार्यकर्ताहरुले आरोप लगाउँदै आएका छन् ।

उता, राजसंस्थाको माग गर्दै राजनीति गरिरहेको राप्रपाका नेताहरुले भने मिश्रसँग एकताको लागि गृहकार्य गरेको पाईएको छ। अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि लिङ्देन र मिश्रबीच भेटवार्ता भएको थियो । अहिले मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । विश्वस्त सूत्रका अनुसार मिश्र यही चैत्रभित्रै राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि अहिले उनी र राप्रपा नेतृत्व तहमा छलफल भैरहेको छ । उता, रञ्जु दर्शना भने एमालेमा जाने बुझिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img