देश७० वर्ष नाघेकालाई चुनाव लड्न नपाउने व्यवस्था गरौं : भट्टराई

७० वर्ष नाघेकालाई चुनाव लड्न नपाउने व्यवस्था गरौं : भट्टराई

काठमाडौँ — एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले सबै राजनीतिक दललाई उक्त व्यवस्थाका लागि सहमतिमा आउन आग्रह गरे ।

नेकपा (एमाले)का सांसद योगशकुमार भट्टराईले ७० वर्ष नाघेका मानसिहरू कुनै पनि राज्यका निकायमा चुनावमा लड्न नपाउने व्यवस्था किन नगर्ने ? भन्दै प्रश्न गरेका हुन् ।

न्याय सेवामा ६५ वर्ष र निजामती सेवामा ५८ वर्षमा अवकाश पाउने व्यवस्था रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘संविधान केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको व्यवस्था राखेका छौं । तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । ७० वर्ष नाघेका मानसिहरू कुनै पनि राज्यका निकायमा चुनावमा लड्न नपाउने व्यवस्था किन नगर्ने ?’

सांसद भट्टराईले ¥याल, सिंगान काढ्ने प्रधानमन्त्री नचाहेको उल्ले गर्दै भनेका छन्, ‘हामील ¥याल, सिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो । यसमा सबै दलहरूमा सहमति गरौं ।’

प्रत्येक वर्ष पेन्सन पाउनेहरूको उमेर कम गरिएकोप्रति आपत्ती जनाउँदै भट्टराईले थप भनेका छन्, ‘हमीले ५५ वर्ष औसत आयु भएको बेला ५८ गर्षमा पेन्सनको व्यवस्था ल्यायौं । आज ७५ वर्ष औसत आयु भएको छ नियम उही ? यो नियम चालु राखिए पेन्सन लिनेहरूको संख्य बढ्दै जान्छ र प्रशासनिक खर्च बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img