राजनीतिरवि लामिछानेलाई लक्षित गर्दै ओलीको यस्तो व्यंग्य

रवि लामिछानेलाई लक्षित गर्दै ओलीको यस्तो व्यंग्य

काठमाडौं : टेलिभिजन छाडेर राजनीतिमा प्रवेश गरेका सञ्चारकर्मी रवि लामिछानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य प्रहार गरेका छन्।

एमाले अध्यक्ष ओलीले लामिछानेको नाम नलिइकन ‘भलमा माछा मार्न’ खोजेको टिप्पणी गरेका हुन्।

लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै उम्मेदवार हुन चाहने स्वतन्त्रहरूलाई पार्टीमा आउन आह्वान गरेका थिए। एमाले अध्यक्ष ओलीले टंकप्रसाद आचार्यको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा स्वतन्त्रहरूको पार्टी खोल्न लागिएको विषयमा व्यंग्य कसेका हुन्।

‘स्वतन्त्रको जमाना आयो, स्वतन्त्रको जमाना आयो भने अनि स्वतन्त्र पनि पार्टी नभइ हुँदैन है भनेर स्वतन्त्रहरूको पनि पार्टी भएपछि… म पनि त स्वतन्त्र नै हुँ नि, परतन्त्र छु र पराधीन छु र…म पनि स्वतन्त्रै हो’, ओलीले भने, ‘अलिकति एम्बिसन युवामा हुनु अस्वाभाविक होइन। एम्बिसियस युवाहरूले यस भलमा आएका माछा मैले समाउन सक्छु कि त भन्ने हिसाबले यो स्वतन्त्रहरूलाई पनि किन छरिन दिने… आफूसँग एउटा मिडिया छ। यता उता छ। मिडियाबाट चिनिएको पनि छ। यस भललाई छोपेर ठ्याक्क (पार्न खोजियो।)’

उनले अधिनायकवादमा मात्र उडन्ते ढंगले (बाइ फ्लुक) अनेक विषय आउने दाबी गरे।

‘म कसैलाई अपमान गर्न चाहन्नँ। कहीँ खेलाडी आउँछ, कहीँ कलाकार आउँछ, कहीँ के आउँछ… त्यो एकछिनका लागि आउँछ’, ओलीले प्रश्न गरे, ‘के त्यसले देशलाई ड्राइभ गर्छ त? विचार हुन्छ ऊसँग, त्यो विचार बोक्ने संगठन हुन्छ, संगठन गतिशील बनाउने शैली हुन्छ? त्यसकारण हाम्रोमा पत्रकारिताको आकर्षकै जागिर होला छाडेर राजनीतिमा… तिमीहरू राजनीतिकर्मीहरू भनेको नालायक हौ भनेर हामीजस्ता लायकहरू देश दुनियाँ बुझेका भनेर आएका साथीहरू यसो थोत्रो फालिएको राजतन्त्रको उत्खनन् गर्न पुगेका छन् नि त वैचारिक हिसाबले। विचार विनाको राजनीति त्यस्तो हुन्छ के।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img