काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झन्डै ५६ हजारभन्दा बढी हस्ताक्षर गरेको बताएका छन् ।
सोमबार सम्पादकहरुसँगको अन्र्तक्रियामा उनले प्रधानमन्त्री अवधिभर ५६ हजार मुद्धा मामिलामा हस्ताक्षर गरेर औँलामा ठेला नै उठेको बताए ।
‘प्रधानमन्त्री हुँदा ५५/५६ हजार सिग्नेचर मुद्धाको मामिला गर्नुपर्यो । यहाँनिर ठेला उठेको छ । कम्प्युटरले सिग्नेचर गर्दैन, टाइप गर्छ, आफैँले गर्नुपर्यो नि । सिग्नेचरमात्रै गर्दा पनि औँलामा ठेला उठेको छ ।’ उनले भने ।
त्यस्तै उनले अहिलेको सरकारले केही निकास दिन नसक्ने बताए । सरकारकै कारण महंगी बढेर जनताहरु थप मारमा परेको उनको ठहर रहेको छ ।