Saturday, April 19, 2025
समाजबागलुङमा डेंगुको जोखिम
spot_img

बागलुङमा डेंगुको जोखिम

बागलुङ । बागलुङमा डेंगुका बिरामी फेला परेका छन् ।

धौलागिरी अञ्चल अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

ती बिरामी शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img