Thursday, June 12, 2025
राजनीतिअर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

spot_img

काठमाडौं । बजेट प्रकरणमा निर्दोष साबित भएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

-Ads-

तत्कालीन अर्थमन्त्री शर्माले चौतर्फी विरोध सिर्जना भएपछि २२ असारमा राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि संसदीय छानबिन समितिले छानबिन अघि बढाएको थियो । तर, उनीमाथि दोषी ठहर गर्ने कुनै प्रमाण नभेटिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् ।

उनीमाथि बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराइएको आरोप लागेको थियो । प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीमाथि छानबिन गर्न माग गरेसँगै संसदको विशेष छानबिन समितिले अर्थमन्त्री शर्मामाथि छानबिन गरेको थियो । तर, समितिले अर्थमन्त्रीमाथि लगाइएको आरोप पुष्टि हुने कुनै आधार फेला नपरेको सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img