Monday, March 17, 2025
राजनीतिझूटा आश्वासन देखाएर पैसा खाने र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर...

झूटा आश्वासन देखाएर पैसा खाने र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आयो: लामिछाने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झूटा आश्वासन देखाएर पैसा खाने र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको बताएका छन् ।

शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उउनले मकवानपुरमा सुरुङ मार्गको झूटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको पनि बताएका हुन् । उनले राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कसले बन्द गर्यो भन्ने प्रश्न गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए ।

उनले पछिल्ला दिनहरुमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टिको हो भनेर जाच गर्ने दिन आउन सक्ने बताए । सभापति लामिछाने जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए ।

उनले राम्रो लुगा लगाउँछु भन्दा बजार भर खोज्दा पनि नपाइने स्थिति बनेको र त्यसको हिसाब आफुहरुले गरेरै छोड्ने उनले बताए ।

‘हेटौंडा कपडा उद्योग जहाँ ११ सयभन्दा बढी मानिसहरुले रोजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो । उनले भने, ‘आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’

उनले हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताए । उनले हेटौंडामै भएको निजी सिमेन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौं घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

त्यसको हिसाब अब आफुहरुले सिंहदरबार प्रवेश गरेपछि मात्र माग्न सक्ने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत उनले गरे । यसैगरी सभापति लामिछानेले बागमती प्रदेशमा एउटै प्रदेशमा १८ जना के का लागि भन्दै प्रश्न गरे ।

उनले प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएको काम भने केहि अघि बढ्न नसकेको बताउँदै सोच्नुपर्ने अवस्था आएको बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत गरे । सहि नेतृत्व चुन्न सकेमात्र देश परिवर्तन गर्न सकिने लामिछानेको भनाई छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img