Wednesday, March 26, 2025
राजनीतिमन्त्रीलाई साँढेको सङ्ग्या दिँदै रविको प्रश्न: बाग्मती प्रदेशलाई १८–१८ जना साँढे किन...

मन्त्रीलाई साँढेको सङ्ग्या दिँदै रविको प्रश्न: बाग्मती प्रदेशलाई १८–१८ जना साँढे किन चाहिन्छ ?

मकवानुपर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशलाई १८–१८ जना साँढे किन चाहिन्छ भन्दै प्रश्न गरेका छन् ।

हेटौँडामा शुक्रवार आयोजित बाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको बताए । उहाँले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको सङ्ग्या दिँदै, ‘यो प्रदेशलाई १८–१८ जना साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८–१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो ।’

भेलालाई सम्बाेधन गर्दै लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उनको भनाइ छ ।

‘हेटौँडा कपडा उद्योग जहाँ ११ सय जनाभन्दा बढी मानिसले राेजगारी गर्थे, तिनका परिवार चलेको थियो’, उहाँले भन्नुभयाे, ‘आफूले बनाउनु त कहाँ हो ? अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौँडामा उभिएको छु ।’ उहाँले हेटौँडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताउनुभयाे । लामिछानेले हेटौँडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौँ रुपैयाँ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

उनले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोध पनि गरे । सही नेतृत्व चुन्न सकेमात्र देश परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img