इटहरी :प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेको ८८ औँ दिनमा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
सत्ता गठबन्धन शीर्ष नेताहरूको बिहीबार मन्त्रालय भागभण्डामा कुरा मिले पछि आज शुक्रबार प्रधानमन्त्रीको विस्तार गर्न लाग्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवको सचिवालयले जानकारी दिएको छ ।
सत्ता गठबन्धनका दलहरूबाट मन्त्री बन्नेहरूको नाम प्राप्त हुनासाथ मन्त्रीपरिषद विस्तार गर्ने कुरामा तयारी छ । मन्त्रीको सपथ पनि अाजै शुक्रबार साझ हुने स्रोतले जनाएको छ ।
सहमतिअनुसार काङ्ग्रेसले प्रधानमन्त्री सहित नौँ , माअोवादी केन्द्र पाँच जसपा र एकीकृत समाजवादी चार- चार मन्त्रालय पाउने छन् । साथै माअोवादी केन्द्र एकीकृत समाजवादी र जसपाले एक-एक जना राज्यमन्त्री पनि पाउने छन् बन्ने आजको जानकारी रहेको छ ।



