काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन ।
आफ्नाे नामबाट कास्की क्षेत्र नम्बर १ आवेदन परेपछि महामन्त्री थापाले यस्ताे प्रष्ट परेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘कास्की क्षेत्र नं.१ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’
आज दिउँसाे कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन दिएका हुन् ।




