काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शासन प्रणाली र चुनाव प्रणाली बदल्न आन्दोलनमा जाने बताएका छन ।
काठमाडौंमा आज माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले शासन प्रणाली र चुनाव प्रणाली परिवर्तन गरि मुलुकलाई समाजवादमा लैजान निर्वाचन पछि सडकमा जाने बताएका हुन् ।
अरुले गर्ने आन्दोलन प्रतिगमन मात्रै भएको तर समाज रुपान्तरणको आन्दोलन आफुहरुले बाहेक अरुले गर्न नसक्ने उनले बताईन् । प्रचण्डले सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको समेत बताईन् । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने उनको भनाई छ ।