राजनीतिजसपाका दुई सांसदसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

जसपाका दुई सांसदसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । मधेसमा नेकपा एमालेप्रतिको आकर्षण बढ्दो छ । आज जनता समाजवादी पार्टी (जसपा) का दुई सांसदले पार्टी छाडेर एमाले प्रवेश गर्दै एमाले क्रेज बढेको बताएका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेश २ सभा सदस्य अञ्जुकुमारी यादव एमालेमा आउनुभएको हो ।

उनीहरूलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गर्नुभएको हो । दुवैजना जसपाका केन्द्रीय सदस्य पनि हो । त्यस्तै पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । रुहीनाज सर्लाही र अञ्जुकुमारी पर्साको हुनुहुन्छ । राजपाबाट प्रदेशमा समानुपातिक सांसद बन्नुभएको अञ्जुले पछि जसपा रोज्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img