राजनीतिएकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित

एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी एमालेमा समाहित भएको हो।

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका छन्।

पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईसहित १७५ सदस्य रहेका छन्। समाजवादीको अछाममा १७५ सदस्यीय नै जिल्ला कमिटी रहेको थियो।

भट्टराई सहितका नेताहरु तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी माधव कुमार नेपालको पार्टी एकीकृत समाजवादीमा लागेका थिए।

पार्टी समाहित कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img