राजनीतिमाधव नेपाललाई आयोगको स्पष्टीकरण सोध्यो, कारबाही गर्न प्रहरीलाई पनि पत्र
spot_img

माधव नेपाललाई आयोगको स्पष्टीकरण सोध्यो, कारबाही गर्न प्रहरीलाई पनि पत्र

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगका अनुसार रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्री भिसा, फ्री टिकट’ को विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको कारण स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको व्यक्तव्य माधव नेपालकै भएको उल्लेख गर्दै आयोगले माधव नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो । आफूहरूले चुनाव जितेमा विदेश जाने युवालाई ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था गर्ने अभिव्यक्ति दिएका कारण उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिकरूफमा प्रलोभन देखाउने काम गरेकोले सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img