Thursday, March 20, 2025
राजनीतिपाँच वर्षपछि गोरखामा पनि पिचैपिच बनाउछु : प्रचण्ड

पाँच वर्षपछि गोरखामा पनि पिचैपिच बनाउछु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धि अभियान थाल्न आफू गोरखा आएको बताएका छन् । उनले चितवन जस्तै ५ वर्षपछि गोरखामा पनि पिचैपिच बनाउँने समेत दाबी गरे ।

गोरखाको निर्वाचन क्षेत्र नं. २ स्थित पालुङटार, पौवाटारमा आयोजित कार्यकर्तासँगको भेटघाटका क्रममा आइतवार बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी पाँच वर्षअघि चितवनमा धुलैधुलोको बाटो हिँडेका थियौँ। आज गोरखामा आउँदा पनि धुलै धुलो रहेछ पाँच वर्षअघि चितवनमा पनि धुलो थियो, अहिले पिचैपिच छ। गोरखाको यो धुलो पनि हटाएर पिचैपिच बनाउने छौँ । विकास र समृद्धिको नयाँ यात्रा थाल्न पाउँदा गर्व लागेको छ ।’

उनले भने, ‘अहिले संविधान पनि बनेको छ । स्थिरता र विकासतिर जाने पनि भनियो। तर संविधानमा हस्ताक्षर गरेका केही नेताहरुले च्यात्न खोजे, महिला र जनताको मौलिक अधिकार उल्ट्याउन खोजेु, , हामी स्थानीय तह निर्वाचनबाट प्रतिगमनितर लैजान खोज्नेलाई परास्त गर्यौँ। अहिले फेरि संविधान च्यात्न खोज्नेहरुको गठबन्धन बनेको छ । हिजोका दलाल सामान्त र दलालहरु छन् त्यहाँ ।देश टुक्राउन खोज्ने पनि त्यहाँ छन् । उनीहरुलाई फेरि परास्त गर्नुछ।’

उनले देशको आर्थिक समृद्धि अभियान थाल्न डा. बाबुराम भट्टराईसहितले गोरखा आउनुपर्छ भनेकाले आफू आएको बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img