राजनीतिमलाई सखाप पार्ने षड्यन्त्र जारी छ प्रचण्ड

मलाई सखाप पार्ने षड्यन्त्र जारी छ प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग वाईसीएल को भेलालाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न प्रचण्डलाई सखाप पार्न खोजिएको जिकिर गरे ।

माओवादी केन्द्रले एकताको झन्डा उठाउँदा समेत माओवादीविरुद्धको षड्यन्त्र रोकिएन । एक वर्षदेखि माओवादी आन्दोलनलाई कमजोर बनाउँदै समाप्त पार्न संगठित प्रयास भएको हो। उनले भने माओवादी आन्दोलन समाप्त नहुने भएपछि प्रचण्डलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ ।उनले प्रचण्डलाई सक्ने भनेको एउटा व्यक्ति सक्ने नभएर सिंगो माओवादी आन्दोलनलाई ध्वस्त पार्न नेतृत्व समाप्त पार्ने प्रयास भएको बताए ।

प्रचण्डले दुईपटकको संसद् विघटन पनि माओवादीलाई नै समाप्त पार्ने षड्यन्त्रका रूपमा अर्थ्याए ।दुईदुईपटक भएको संसद् विघटन माओवादीलाई सखाप पार्ने डिजाइनअन्तर्गतको षड्यन्त्र थियो। उनले भने प्रतिनिधिसभा विघटन गरेर माओवादीले ल्याएका एजेन्डा समाप्त पार्ने र उपलब्धिहरू सखाप पार्ने सेटिङअन्तर्गत थियो । केपी ओली विदेशीहरूले गरेको सेटिङमा काम गर्ने फासिष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img